सर्वोच्चले सरकार जेनजी बिचको सम्झौता विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले सरकारले जेनजी सँग गरेको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा सुनुवाइ गर्दै विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षीहरूले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र सुदीप भण्डारी लगायतले दर्ता गरेका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रधानमन्त्री सुशीला कार्की विपक्षी बनाइएका छन्।
रिटमा निवेदकहरूले हालको अन्तरिम सरकारले दीर्घकालीन राजनीतिक र संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको जिकिर गरेका छन्। उनीहरूको दाबी छ कि सम्झौताको प्रावधान लागू भए राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन असर पर्नेछ।
सर्वोच्चले दुबै पक्षलाई बहसका लागि पुस ११ मा छलफलमा बोलाएको छ। यसैगरी अदालतले राजपत्रमा प्रकाशित सम्झौताको सक्कल फाइल महान्यायाधिकार कार्यालयमार्फत उपलब्ध गराउन पनि आदेश दिएको छ।













