मधेस प्रदेश सरकारलाई पूर्ण समर्थन, मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत जिते

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मधेस प्रदेश सरकारलाई पूर्ण समर्थन, मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत जिते

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार सभामा प्रस्तुत विश्वास प्रस्तावमा सहभागी भएका सबै सांसदहरूले यादवको पक्षमा मतदान गरेपछि प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ९२ मत खसेको छ।

विपक्षमा वा तटस्थतर्फ कुनै पनि मत नपरेको सभामुख कार्यालयले जनाएको छ। एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेले पनि समर्थन जनाएको थियो।

सबै दलको समर्थन जुटेपछि यादव नेतृत्वको सरकारलाई औपचारिक वैधता र राजनीतिक स्थिरता प्राप्त भएको छ। विश्वासको मत पाएपछि मुख्यमन्त्री यादवले प्रदेशको विकास, सुशासन र जनताको जीवनस्तर सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।