तपाईको आजको राशिफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तपाईको    आजको        राशिफल

कृत्स्नस्य योऽस्य जगतः सचराचरस्य कर्ता कृतस्य च तथा सुखदुःखहेतुः । 
संहारहेतुरपि यः पुनरन्तकाले तं शंकरं शरणदं शरणं व्रजामि ।।

जुन चराचर प्राणीहरु सहित यो सम्पूर्ण जगतको उत्पन्न गर्ने र त्यस जगतलाई सुखदुःखका एकमात्र कारण तथा अनन्तकालमा जुन पूनः यस विश्वको संहारमा पनि कारण बन्नुहुन्छ उनै शरणदाता भगवानको यो प्रात कालमा हामी स्मरण गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष प्रतिपदा तिथि मूल नक्षत्र पौष महिनाको ५ गते आज शनिवार तदनुसार २० डिसेम्वर २०२५ किष्तुघ्न करण गद योग, धनु राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५१ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ११ मिनेट साझमा रहेको छ ।

आजको राशिफल ।

मेष:- आज तपाइले भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । रोजगारिको खोजिमा हुनुहुन्छ भने आज सफलता हातपर्ला । स्वास्थ्य सम्बन्धि समस्यालाइ लिएर खानपिनमा सचेत रहनुहोला । कार्यक्षेत्रमा सकारात्मक सोचका साथ अगाडी बढ्नुहोस् । आत्मविश्वसमा वृद्धि हुनेछ । मध्यान्न पश्चात नया कामको जग बसाउने  अबसर रहेको छ मानसिकचिन्ताबाट मुक्ति मिल्नेछ ।

बृषः– नोकरी वा पेशामा उच्च अधिकारीबाट सहयोग पाइनेछ । ब्यपार व्यवसायमा लाभ रहनेछ । आज लगनशीलतालाइ देखेर शत्रुहरु आफै पछि हट्नेछन । रचनात्मक कार्यमा मन जानेछ आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ । कारोबार बिस्तारलाइ लिएर योजनाहरु बन्नेछन । साथिभाइहरुको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ खानपानमा भने विशेष ध्यान पुर्याउनुहोला । फजूल खर्चले भने मन खिन्न बनाउछ ।

मिथुन:– आज आफ्नो सोजोपनको अरुले फाइदा उठाउनेछन सावधान रहनुहोला । पुरानो कामको प्रशंसा भएता पनि  नया अबसरकालागि धेरै मेहनत गर्नुपर्ला । दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । पूर्व सन्चित सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि स्वास्थ्यमा केही बाधा आउला तापनि आफ्नो दैनिकि खानपामा सजग रहनु होला  । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।

कर्कटः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । धैर्य र पराक्रमले आटेको कार्यमा सफलता मिल्नेछ,चुनौति पन्छाउदै नया कामको जग बसाउन सकिनेछ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । आफ्नै वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ । पहिला गरिएका कामको उचित प्रतिफल प्रप्त हुनेछ ।

सिंहः– आज तपाईको धर्मकर्ममा मनलाग्नेछ विश्वस पात्रहरुबाट सहयोग पाइनेछ । लगनशिलताले आफ्नो संकल्प पूरा गर्न सकिनेछ । आज इच्छाशक्ति बढ्नुका साथै आफ्नो कार्यमा कीर्तिमान कायम गर्ने समय रहेकोछ । स्वास्थ्यमा भने ध्यान दिनुहोला  प्रेम र मित्रताको बन्धनमा कसिने समयछ । बिद्यर्थीहरुको पठनपाठनमा मन लाग्नेछ राजनीति क्षेत्रमा रामो्र अबसर पाइने समय छ । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।

कन्याः– दिन उत्तम रहेको छ आटेका कार्य सहज संग सम्पादन हुने छन युवावर्गमा आफ्नो करियरलाइ लिएर राम्रो प्रस्ताव हात लाग्ने छ स्वस्थ्य पनि सवल रहला दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यपार व्यवसायमा लाभ रहनेछ, अध्यात्मतर्फ रुचि बढ्नेछ स्वस्थ्यलाइ लिएर सावधान रहनु होला परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला । बिद्यार्थीहरुको लागि आज फाइदा जनक रहेकोछ ।

तुलाः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् ।  वादविवादबाट भने टाढै रहनु होला झुठा आश्वासन दिनेहरुबाट सतर्कता अपनाउनु होला । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

धनुः– आज प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला पुरुषार्थी कामले समाजमा आफ्नो नाम स्थापित  गर्न सकिनेछ । रोकिएका काम बन्नाले नयां काम प्रारम्भ गर्न सकिनेछ । दिगो फाइदा हुनेकार्य गर्नुका साथै नया कामको सम्झौताहरु गर्ने समय रहेकोछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । राजनीतिक क्षेत्रमा पनि राम्रै हातपर्ने समय रहेकोछ ।

मकर:-अबसर प्रप्त भएपनि कार्यक्षेत्रमा बाधा आउनेछ । सुचना बाहिरिनाले गोपनियता भंग होला साबधान रहनुहोस । गृहिणीहरुको गृहकार्यमा धेरै समय बित्नेछ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा  व्यवसायका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कुम्भः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर शुभचिन्तकहरुको मनोभाबलाइ विचार गरेर व्यवहार गर्नुहोस ।  अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

मीन:- मेहनेतले सम्मान दिलाउनेछ विदेशी भ्रमणको सोचमा हुनुहुन्छ भने धैर्य र पराक्रमले आटेको काममा सफलता मिल्ने छ । सहयोगिहरुले राम्रो साथ दिनेछन दिगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नया सम्झौता गर्ने समय रहेकोछ । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा भने धोका पाइएला बिशेष सजग रहनु होला ।

-ज्यो घटराज निरौला