सचिवमा पराजयपछि गोकुल बास्कोटाले भने: ‘जिम्मेवारी दिइए काम गर्ने, नदिइए सुन्ने, हेर्ने र ताली बजाउने '

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सचिवमा पराजयपछि गोकुल बास्कोटाले भने: ‘जिम्मेवारी दिइए काम गर्ने, नदिइए सुन्ने, हेर्ने र ताली बजाउने '

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा पराजित भएका नेता गोकुल बास्कोटाले पार्टीभित्र आफ्नो भूमिका कमजोर बनेको प्रतिक्रिया दिएका छन्।

ईश्वर पोखरेल प्यानलबाट सचिव पदका उम्मेदवार बनेका बास्कोटा २० जना प्रतिस्पर्धीमध्ये १०औँ स्थानमा परेपछि नौ सचिवको निर्वाचित सूचीमा पर्न सकेनन्। यद्यपि, उनी एमाले केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन्।

सचिव पदमा पराजित भएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया जनाउँदै पार्टीभित्रको भूमिकाबारे संकेत गरेका छन्। उनले ‘जिते चलाउने, हारे सघाउने’ भन्ने भनाइ स्मरण गराउँदै अब आफूलाई जिम्मेवारी दिइए काम गर्ने र नदिइए सुन्ने, हेर्ने र ताली बजाउने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।