स्वास्थ्य परीक्षण शुल्क पुरानै कायम, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्वास्थ्य परीक्षण शुल्क पुरानै कायम, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत

काठमाडौ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि अन्ततः खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै बढाइएको शुल्क फिर्ता गरी पुरानै दर कायम गरेका हुन्।

यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो। तर, चौतर्फी विरोध र आलोचनापछि सरकारले उक्त निर्णय सच्याउँदै पुनः ६ हजार ५०० रुपैयाँ नै लागू गर्ने निर्णय गरेको हो।

शुल्क वृद्धिले गरिब तथा विपन्न श्रमिकमाथि गम्भीर आर्थिक भार पर्ने भन्दै श्रमिक संगठन, वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवाला र सर्वसाधारणले कडा असन्तुष्टि जनाएका थिए। 

यसअघि पनि २०८१ मङ्सिरमा तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको पालामा मन्त्रीस्तरीय निर्णयबाट शुल्क ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो।