तपाईको आजको राशिफल
Prime TV News ३ हप्ता अगाडि 
विश्वोद्धवस्थितिलयादिषु हेतुमेकं, गौरीपतिं विदिततत्वमनन्तकीर्तिम् ।
मायाश्रयं विगतमायमचिन्त्यरुपं, बोधस्वरुपममलं हि शिवं नमामि ।।
जुन विश्वको उत्पति स्थिति र लय आदिका एक मात्र कारण हुनुहुन्छ गौरी गिरीराजकुमारी उमाका पति तत्वज्ञ हुनुहुन्छ, जसको वहाँका कृतिको कहि अन्त हुदैन जो मायाको आश्रय भएर पनि त्यसवाट अत्यन्त टाढा हुनुहुन्छ तथा जसको स्वरुप अचिन्त्य छ तिनै विमलबोध स्वरुप भगवान शिवलाई प्रातः कालमा प्रणाम गर्दछु ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष प्रतिपदा परत द्धितीया तिथि पूर्वषाढा नक्षत्र पौष महिनाको ६ गते आज आइतवार तदनुसार २१ डिसेम्वर २०२५ बालव करण शुभ योग, धनु राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५२ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर १२ मिनेट साझमा रहेको छ ।
आजको राशिफल ।
मेषः– विश्वस पात्रहरुबाट सहयोग पाइनेछ लगनशिलताले मनोकामना पूर्णगर्न सकिनेछ । आज इच्छाशक्ति बढ्नुका साथै पारिवारिक मनोरन्जन पाइनेछ । प्रेम र मित्रताको बन्धनमा कसिने समय रहेकाछ बिद्यर्थीको पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विभिन्न भौतिक साधन जुटनाले जीवन शैलीमा परिवर्तन ल्याउन सकिने छ । व्यावसायिक यात्रा गर्ने अवसर मिल्नेछ ।
वृषः– रमाइलो परिवेश रहेपनि अप्ठयारो परिस्थितिको सामना गर्नुपर्दा मनमा खिन्न रहन सक्छ । सोचेजस्तो लाभ उठाउन नसकिएला पारिवारिक समस्या देखा पर्न सक्छ । मध्यान्ह देखि स्वास्थ्यमा अलिक कमजोरीको अनुभूति हुनेछ । सानातिना समस्यामा अल्झनु पर्ला । अप्ठयारो पर्दा साथ दिनेहरु कमै भेटिएलान अध्ययन अध्यापनमा बाधा पुग्ने छ । रोकिएका काममा पुन प्रयत्न गर्नुपर्ला ।
मिथुनः– अस्वस्थताले काममा बाधा पुग्न सक्छ । अप्ठयारा परिस्थितिको सामना गुर्नुपर्ला । मान्यजनको सहयोग तथा परिश्रमले लक्ष्य पहिल्याउन सकिने छ । सन्तान वा अनुयायीको सल्लाह र सहयोगले लाभ दिलाउनेछ । नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला । व्यावहारिक अलमलले अध्ययनमा बाधा पुर्याएपनि लगनशीलताले सफलता दिलाउने छ ।
कर्कटः– आज विद्यार्थी वर्गलाई अध्ययनमा प्रगति हुनेछ साथै आफ्नो लगनशीलताले लक्ष्यमा पुर्याउने छ । रचनात्मक काममा फाइदा हुनेछ । आफूले चिताएको काम बनाउन सकिने छ । मध्यान्ह देखि अरुका लागि श्रम खर्चनु पर्ला अरुको भरपर्दा दुःख पाइनेछ भने प्रतिस्पर्धीहरुले फाइदा उठाउनेछन् । समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । आफ्ना योजनामा गोपनीयताको ध्यान पुर्याउनु होला ।
सिंहः– नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तो सफलता मिल्नेछ । आफन्तमा आत्मीयता बढने छ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन लाभ हुनेछ । मेहनतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउने छ । प्रतिस्पर्धीले समेत सहयोग फैलाउने छन् ।
कन्याः– धैर्य एवं निरन्तरताको प्रयत्नले काम बनाउन सकिनेछ । पहिलेका सहयोगीहरु प्रतिस्पर्धामा उत्रन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार बनाएर राख्नुहोला । आफन्तहरु टाढिने डरले सताउने छ मध्यान्ह देखि काममा बाधा देखिएपनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ने छ । थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ स्थायी योजनमा अघि बढदा विस्तारै लाभ मिल्ने छ ।
तुलाः– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउने छ । भने सहयोगीहरु प्रशस्तै भेटिनेछन् । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार गर्दा फाइदा हुनेछ । लगनशीलताले कीर्तिमान दिलाउन सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ ।
वृश्चिकः– मेहनतको परिणामले आत्मविश्वास बढाउने छ । विशेष अवसरले प्रसन्नता दिलाउने छ भने सहयोगीहरुको उत्साहले काममा प्रसन्नता ल्याउने छ । विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ सार्थ आकर्षक उपहार समेत प्राप्त हुनेछ । बुद्धीको उपयोगले अरुलाई आफ्नो पक्षमा लिन सकिने छ भने आवश्यक पर्दा सहयोगीको साथ पाउनुका साथै मान सम्मान प्राप्तछ हुनेछ ।
धनुः– आज आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पहिलेका कामवाट प्रशस्त लाभ हुनेछ । आफ्नो श्रमको उचित मूल्यांकन होला । नयाँ मार्ग प्राप्त हुने योग छ । विद्यार्थीवर्गलाई अध्ययनमा राम्रो प्रगति होला । कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल सम्पत्तिको उपयोगवाट थप फाइदा उठाउन सकिनेछ । खेलाडीलाई आजको दिन राम्रो मानिएको छ ।
मकरः– तत्काल लाभ नभएपनि आजको परिश्रमले पछि सम्म फाइदा दिलाउने छ । श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर तत्काललाई अर्थ अभावले सताउन सक्छ । मध्यान्हदेखि फजुल खर्च बढन सक्छ आलश्यताले गर्दा काम बीचैमा रोकिन सक्नेछ । तापनि लगनशीलताले दिगो काम प्रारम्भ हुनेछ । लामो यात्राको अवसर आउन सक्छ ।
कुम्भः– आज अस्वस्थताले काममा लाग्न नसकिएपनि बाध्यात्मकम परिस्थितिवाट मुक्त भइनेछ । काममा श्रम खर्चनु परेपनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भएपनि उपलब्धीका लागि समयको प्रतिक्षा गर्नुपर्ला । सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । कामलाई दोहो¥याएर प्रयत्न गर्दा मिठो फल प्राप्त हुनेछ ।
मीनः– आज टाढिएका साथीभाई नजिकिनाले हर्ष बढने छ । परिश्रमले धेरैको मन जित्न सकिने छ । अरुको काममा लागे पनि फाइदा आफूलाई हुनेछ । सामाजिक हितमा राम्रै काम गर्न सकिने छ । मध्यान्हदेखि विभिन्न अवसर मिलेपनि आफूले सोचेजस्तो फाइदा नहुन सक्छ । केही काम स्थगन गर्नुपर्ने स्थिति आएपनि प्रयत्न गर्दा सफलता हात लाग्ने छ तर पारिवारिक विवाद भने बढने छ ।
-ज्यो घटराज निरौला













