योग र ध्यानले समाजमा भ्रष्टाचार घटाउन सहयोग गर्न सक्छः मन्त्री पुन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानले मन शुद्ध बनाउने भएकाले यसले समाजमा देखिएको भ्रष्टाचार घटाउन सहयोग गर्न सक्ने बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन अशुद्ध हुँदा लोभ, लालसा र घमण्ड बढ्ने र त्यसैबाट भ्रष्टाचार मौलाउने धारणा व्यक्त गरे। मन्त्री पुनका अनुसार योग र ध्यान आफैं औषधि नभए पनि मन शुद्ध बनाउने माध्यम भएकाले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सक्छ।
उनले योग र ध्यानलाई गाउँगाउँसम्म पुर्याउन सामूहिक प्रयास आवश्यक रहेको बताए। विद्यालय तहमा योग र ध्यानलाई अतिरिक्त क्रियाकलापका रूपमा अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिँदै उनले शुक्रबारलाई अतिरिक्त गतिविधिको दिनका रूपमा प्रयोग गर्ने विषयमा समेत छलफल भइरहेको बताए।












