सुनको मूल्यमा सामान्य गिरावट
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १०० रुपैयाँले घट्दै दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढावको असर स्थानीय बजारमा देखिएको महासंघले जनाएको छ। यद्यपि, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ कायम भएको छ।













