नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरको भवनबाट खसेर मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरको भवनबाट खसेर मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत एक जना इन्टर्न डाक्टरको भवनबाट खसेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब साढे ६ बजे कलेजको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। सप्तरीको राजविराज नगरपालिका–९ निवासी यादवलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि लगिएको भए पनि बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ।

उपचारकै क्रममा उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले पुष्टि गरे। एमबीबीएस इन्टर्नका रूपमा कार्यरत यादव कसरी र किन भवनबाट खसे भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।