एलआइसी नेपालले सेयरधनीका लागि २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एलआइसी नेपालले सेयरधनीका लागि २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले पुस ६ गते बसेको बैठकमा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट औपचारिक रूपमा पारित हुनेछ र त्यसपछि सेयरधनीहरूमा वितरण हुनेछ।

कम्पनीका अनुसार, प्रस्तावित लाभांशले सेयरधनीलाई प्रत्यक्ष लाभ पुग्नेछ र कम्पनीको वित्तीय सुदृढीकरणमा पनि योगदान हुनेछ।