ला लिगा: रियाल मड्रिडले सेभियाविरुद्ध २–० को जित हासिल गर्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ला लिगा: रियाल मड्रिडले सेभियाविरुद्ध २–० को जित हासिल गर्यो

काठमाडौ । स्पेनिस ला लिगामा रियाल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा सेभियाविरुद्ध २–० को जीत हासिल गरेको छ। रियाललाई जित दिलाउने गोल जुड बेलिङ्घम र किलियन एमबाप्पेले गरे।

खेलको ३८औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम चार मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। सेभियाका मार्कोस डी नासिमेन्टोले ६८औँ मिनेटमा रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो।

यस जीतसँगै रियाल मड्रिडले तालिकामा दोस्रो स्थान कायम राखेको छ। १८ खेलपछि रियाल ४२ अंकसहित छ भने लिग लिडर बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा छ।