जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन घोषणा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी मिराज ढुङ्गाना नेतृत्वको समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा ढुङ्गानाले सबैलाई भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरे। ढुङ्गानाले आन्दोलनको मुख्य माग सर्वपक्षीय सरकार गठन रहेको बताए।
उनले वर्तमान सरकारले असफल भएको दाबी गर्दै भने, “जेनजी आन्दोलनलाई धोका दिइएको छ, त्यसैले सर्वपक्षीय सरकार आवश्यक छ। सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको छ।” ढुङ्गानाले आन्दोलन शान्तिपूर्ण हुने र कानूनी दायराभित्र सीमित रहने कुरा पनि स्पष्ट पारेका छन्।












