रवि घण्डीघरमा प्रवेश, कार्यकर्ताले गरे स्वागत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्।
शुक्रबार अदालतबाट रिहाइको आदेश पाएपछि शनिबार ३ करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका लामिछाने आज पार्टी कार्यालयमा उपस्थित भएका छन्। काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्याललगायत नेता–कार्यकर्ताले उनलाई औपचारिक रूपमा स्वागत गरेका हुन्।
रिहा भएको भोलिपल्ट शनिबार नै लामिछाने चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएका थिए। त्यही दिन उनले काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाटसमेत गरेका थिए।












