मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित
Prime TV News ३ हप्ता अगाडि 
जनकपुर । मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन् ।
आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन् । यादवको पक्षमा ७२ मत परेको थियो भने उनको बिपक्षमा २४ मत परेको थियो ।
पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख बबिता राउत इशरले एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव सभामा प्रस्तुत गर्नुनपर्ने जानकारी गराएकी थिइन् ।
यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो ।













