तपाईको आजको राशिफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तपाईको     आजको        राशिफल

वन्दे वन्दनतुष्टमानसमतिप्रेमप्रियं प्रेमदं पूर्णं पूर्णकरं प्रपूर्णनिखिलैश्वर्यैकवासं शिवम् ।
 सत्यं सत्यमयं त्रिसत्यविभवं सत्यप्रियं सत्यदं विष्णुब्रह्मनुतं स्वकीयकृपयोपात्ताकृतिं शंकरम् ।। 

जसको मन केवल वन्दनाले मात्र प्रसन्न रहन्छ, जसलाई प्रेम अत्यन्त प्यारो छ, जो प्रेम प्रदान गर्नेवाला पूर्णानन्दमय, भक्तहरुको अभिलाषा पूर्ण गर्ने, सम्पूर्ण ऐश्वर्यको एकमात्र आवासस्थान र कल्याण स्वरुप हुनुहुन्छ, सत्य जसको श्रीविग्रह हो जो सत्यमय हो जसको ऐश्वर्य त्रिकालवादित छ जो सत्यप्रिय एवं सत्यप्रदाता हुनुहुन्छ ब्रह्मा र विष्णु जसको स्तुति गर्दछन् स्वेच्छा अनुसार शरीर धारण गर्नेवाला तिनै भगवानलाई प्रातकालमा हामी वन्दना गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष द्धितीया परत तृतीया तिथि उत्तरषाढा नक्षत्र पौष महिनाको ७ गते आज सोमवार तदनुसार २२ डिसेम्वर २०२५ तैतिल करण मृत्यु योग, धनु राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५२ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर १२ मिनेट साझमा रहेको छ ।  

आजको राशिफल ।

मेष:– आज तपाइले भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । रोजगारिको खोजिमा हुनुहुन्छ भने आज सफलता हातपर्ला । स्वास्थ्य सम्बन्धि समस्यालाइ लिएर खानपिनमा सचेत रहनुहोला । कार्यक्षेत्रमा सकारात्मक सोचका साथ अगाडी बढ्नुहोस् । आत्मविश्वसमा वृद्धि हुनेछ । मध्यान्न पश्चात नया कामको जग बसाउने  अबसर रहेको छ मानसिकचिन्ताबाट मुक्ति मिल्नेछ ।

बृषः– नोकरी वा पेशामा उच्च अधिकारीबाट सहयोग पाइनेछ । ब्यपार व्यवसायमा लाभ रहनेछ । आज लगनशीलतालाइ देखेर शत्रुहरु आफै पछि हट्नेछन । रचनात्मक कार्यमा मन जानेछ आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ । कारोबार बिस्तारलाइ लिएर योजनाहरु बन्नेछन । साथिभाइहरुको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ खानपानमा भने विशेष ध्यान पुर्याउनुहोला । फजूल खर्चले भने मन खिन्न बनाउछ ।

मिथुन:– आज आफ्नो सोजोपनको अरुले फाइदा उठाउनेछन सावधान रहनुहोला । पुरानो कामको प्रशंसा भएता पनि  नया अबसरकालागि धेरै मेहनत गर्नुपर्ला । दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । पूर्व सन्चित सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि स्वास्थ्यमा केही बाधा आउला तापनि आफ्नो दैनिकि खानपामा सजग रहनु होला  । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।

कर्कटः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । धैर्य र पराक्रमले आटेको कार्यमा सफलता मिल्नेछ,चुनौति पन्छाउदै नया कामको जग बसाउन सकिनेछ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । आफ्नै वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ । पहिला गरिएका कामको उचित प्रतिफल प्रप्त हुनेछ ।

सिंहः– आज तपाईको धर्मकर्ममा मनलाग्नेछ विश्वस पात्रहरुबाट सहयोग पाइनेछ । लगनशिलताले आफ्नो संकल्प पूरा गर्न सकिनेछ । आज इच्छाशक्ति बढ्नुका साथै आफ्नो कार्यमा कीर्तिमान कायम गर्ने समय रहेकोछ । स्वास्थ्यमा भने ध्यान दिनुहोला  प्रेम र मित्रताको बन्धनमा कसिने समयछ । बिद्यर्थीहरुको पठनपाठनमा मन लाग्नेछ राजनीति क्षेत्रमा रामो्र अबसर पाइने समय छ । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।

कन्याः– दिन उत्तम रहेको छ आटेका कार्य सहज संग सम्पादन हुने छन युवावर्गमा आफ्नो करियरलाइ लिएर राम्रो प्रस्ताव हात लाग्ने छ स्वस्थ्य पनि सवल रहला दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यपार व्यवसायमा लाभ रहनेछ, अध्यात्मतर्फ रुचि बढ्नेछ स्वस्थ्यलाइ लिएर सावधान रहनु होला परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला । बिद्यार्थीहरुको लागि आज फाइदा जनक रहेकोछ ।

तुलाः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् ।  वादविवादबाट भने टाढै रहनु होला झुठा आश्वासन दिनेहरुबाट सतर्कता अपनाउनु होला । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

धनुः– आज प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला पुरुषार्थी कामले समाजमा आफ्नो नाम स्थापित  गर्न सकिनेछ । रोकिएका काम बन्नाले नयां काम प्रारम्भ गर्न सकिनेछ । दिगो फाइदा हुनेकार्य गर्नुका साथै नया कामको सम्झौताहरु गर्ने समय रहेकोछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । राजनीतिक क्षेत्रमा पनि राम्रै हातपर्ने समय रहेकोछ ।

मकर:– अबसर प्रप्त भएपनि कार्यक्षेत्रमा बाधा आउनेछ । सुचना बाहिरिनाले गोपनियता भंग होला साबधान रहनुहोस । गृहिणीहरुको गृहकार्यमा धेरै समय बित्नेछ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा  व्यवसायका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कुम्भः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर शुभचिन्तकहरुको मनोभाबलाइ विचार गरेर व्यवहार गर्नुहोस ।  अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

मीन:- मेहनेतले सम्मान दिलाउनेछ विदेशी भ्रमणको सोचमा हुनुहुन्छ भने धैर्य र पराक्रमले आटेको काममा सफलता मिल्ने छ । सहयोगिहरुले राम्रो साथ दिनेछन दिगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नया सम्झौता गर्ने समय रहेकोछ । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा भने धोका पाइएला बिशेष सजग रहनु होला ।

-ज्यो घटराज निरौला