देशभर आंशिक बदली, तराईमा कुहिरोले तापक्रम घट्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of देशभर आंशिक बदली, तराईमा कुहिरोले तापक्रम घट्ने

काठमाडौ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाले तराई क्षेत्रको तापक्रम केही घट्ने अनुमान गरेको छ। बिहान र रातको समयमा देखिने हुस्सु तथा कुहिरोका कारण जनजीवनमा आंशिक असर पर्न सक्ने बताइएको छ।

कुहिरोका कारण सडक र हवाई यातायातमा दृश्यता कम हुन सक्ने भएकाले यात्रु र सवारी चालकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ। यसले बिहानको समयमा उडान तालिका र सवारी आवागमनमा ढिलाइ हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।

स्वास्थ्यका दृष्टिले पनि चिसो मौसमले जोखिम बढाउन सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म मौसममा यस्तै अवस्था कायम रहने संकेत गरेको छ ।