सुन र चाँदी फेरि महँगियो, नेपाली बजारमा तोडियो रेकर्ड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुन र चाँदी फेरि महँगियो, नेपाली बजारमा तोडियो रेकर्ड

काठमाडौ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको हो। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो, जुन ठीक एक सातामै तोडिएको हो।

चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य १३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा परेको व्यवसायीहरूको भनाइ छ।