प्रदर्शनमा उत्रिएका “जेनजी”लाई प्रहरीले लियो नियन्त्रणमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रदर्शनमा उत्रिएका “जेनजी”लाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौ । माइतीघरमा सोमबार प्रदर्शनमा उत्रिएका केही “जेनजी”लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको अवस्थामा उनीहरू सडकमा निस्किएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा सहभागी मिराज ढुंगाना लगायतका जेनजीले सर्वपक्षीय सरकार गठनसहित विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका थिए। तर अनुमति नलिइकन आन्दोलनमा सहभागी भएका कारण प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जनेजी समुहले शान्तिपूर्ण प्रर्दशनकालागि प्रशासन संग अनुमती मागेको थियो । तर प्रशासनले अनुमती नदिएपछि जनेजी समुह प्रर्दशनमा उत्रिएको हो ।