नेपाली बजारमा सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा


काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सोमबार यो मूल्य २ लाख १५ हजार २ सय रुपैयाँ थियो। एकैदिनमा १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा डलरको भाउमा आएको उतारचढावले नेपाली बजारमा समेत असर परेको छ।
यस्तै, चाँदीको मूल्य पनि नयाँ विन्दुमा पुगेको छ। मंगलबार प्रतितोला चाँदी २ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा २० रुपैयाँले मूल्य बढेको हो। सोमबार चाँदीको मूल्य २ हजार ५७५ रुपैयाँ थियो।
विशेषज्ञहरूका अनुसार आर्थिक अनिश्चितता, मुद्रास्फीति, र अन्तर्राष्ट्रिय राजनीतिक तनावले सुरक्षित लगानीको माध्यमका रूपमा सुन–चाँदीमा माग बढिरहेको छ, जसले मूल्यमा थप दबाब सिर्जना गरेको छ।