लोसपा संसद पुनर्स्थापनाको पक्षमा छैन, चुनावमा जाने निर्णय

User Image Prime TV News ३ हप्ता अगाडि
Image of लोसपा संसद पुनर्स्थापनाको पक्षमा छैन, चुनावमा जाने निर्णय

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका नेता शरतसिंह भण्डारीले भने, “हाम्रो पार्टी ताजा जनादेशको पक्षमा छ, प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा होइन।”

भण्डारीले थपे, “हामी अदालतमा जाँदैनौं, पार्टीले चुनावमा जाने निर्णय गरेको छ।” यो कदम नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत पुगेको बेला आएको हो। दुई दलका बहुमत निवर्तमान सांसदहरूले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेका छन्।

लोसा र अन्य केही दलबीच मतभेद हुँदा संसद पुनर्स्थापनाको प्रक्रिया अझ जटिल भएको देखिन्छ।