नेपाल बार एशोसिएशनले मनायो आफ्नो ७० औँ स्थापना दिवस

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाल बार एशोसिएशनले मनायो आफ्नो ७० औँ स्थापना दिवस

काठमाडौ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा सोमबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्यार्पण गरेर बार डे मनाइएको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगाएत माल्यार्पण कार्यक्रममा सहभागी भएका थिए ।

बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए । उनले नेपालको न्यायापालीकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानबाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए ।

२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउदै आएको छ ।