देउवा–ओली भेट, प्रतिनिधिसभा पुर्नस्थापनाको मुद्दा सर्वोच्च लैजाने तयारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।
महाराजगन्जस्थित एक निजी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषयमा छलफल भएको बताइएको छ । ओलीको सचिवालयका अनुसार भेटमा एमाले र कांग्रेसले संयुक्त रूपमा सर्वोच्च अदालतमा लैजान लागेको रिट निवेदनका विषयमा विशेष रूपमा कुराकानी भएको थियो ।
पछिल्लो राजनीतिक घटनाक्रम, संसद् विघटनपछि सिर्जित परिस्थिती र आगामी रणनीतिबारे दुवै नेताबीच विचार आदान–प्रदान भएको जनाइएको छ । यसैबीच, एमाले र कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने अन्तिम तयारी गरिरहेका छन् ।
दुवै दलका सांसदहरू संयुक्त हस्ताक्षरसहित रिट दर्ता गर्ने तयारीमा रहेको बताइएको छ ।












