मनसुन सक्रिय, वर्षा र पहिरो जोखिममा वृद्धि

User Image Prime TV News २ हप्ता अगाडि
Image of मनसुन सक्रिय, वर्षा र पहिरो जोखिममा वृद्धि

काठमाडौ । हाल मनसुनको न्यूनचापीय रेखा सामान्यतया देशको आसपास नै रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव समेत कायम छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’ अनुसार, मंगलवार दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै अन्य केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

त्यसैगरी, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै अन्य केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र ठूला तथा साना नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले यातायात क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। साथै सबै नागरिकलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।