रवि लामिछाने र बालेन शाह बिच भेटवार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी थिए।
स्रोतका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आगामी राजनीतिक सम्भावनाबारे छलफल भएको छ। यद्यपि भेटपछि औपचारिक धारणा सार्वजनिक गरिएको छैन।
कारागारबाट रिहा भएपछि रवि लामिछाने राजनीतिक गतिविधिमा तीव्र रूपमा फर्किएका छन्। रिहा भएको केही दिनमै उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी वर्तमान सरकारलाई रास्वपाको समर्थन रहने स्पष्ट सन्देश दिएका थिए।
सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि लामिछाने र बालेनबीच भएको यो पहिलो भेट हो। दुवै नेता फरक भूमिकामा भए पनि वैकल्पिक राजनीतिक धारको प्रतिनिधि मानिँदै आएका छन्।
राजनीतिक वृत्तमा यो भेट आगामी दिनमा नयाँ सहकार्य, साझा एजेन्डा वा दबाबको राजनीतितर्फ संकेत हो कि भन्ने चासो बढेको छ।













