तपाईको आजको राशिफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तपाईको आजको       राशिफल

र्वाननशिरोग्रीवः सर्वभूतगुहाशयः । सर्वव्यापी स भगवांस्तस्मात् सर्वगतः शिवः ।
मायां तु प्रकृतिं विद्यान्मायिनं तु महेश्वरम् । तस्यावयवभूतैस्तु व्याप्तं सर्वमिदं जगत् ।

माया प्रकृति हुन् भने माया पति महेश्वर हुन् उनैको अङ्गभूत कारण कार्य समुदायवाट यो सम्पूर्ण जगत व्याप्त रहेको छ । जुन भगवान सवै तिर मुख र शिर भएको हुुनुहुन्छ समस्त प्राणीहरुको हृदयरुपी गुफामा निवास गर्नुहुन्छ सर्वव्यापी कल्याण स्वरुप परमेश्वर सम्पूर्ण जगतमा व्याप्त हुनुहुन्छ वहालाई प्रातः कालमा नमन गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष तृतीया तिथि श्रवण नक्षत्र पौष महिनाको ८ गते आज मंगलवार तदनुसार २३ डिसेम्वर २०२५ वणिज करण पद्य योग, मकर राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५३ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर १३ मिनेट साझमा रहेको छ ।

आजको राशिफल ।

मेष:- आज अबसर प्रप्त भएपनि कार्यक्षेत्रमा बाधा आएनेछ । सूचना बाहिरिनाले आफ्नो गोपनियतामा भंग रहला सावधान अपनाउनुहोस आफ्नो गृहकार्यले धरै समय लिनेछ शुभचिन्तकाहरुको मनोभावलाइ बुझ्न नसक्दा समस्यामा परिनेछ । मध्यान्ह देखि साथीभाई सँग सन्तुलित व्यवहार गर्नु होला आफन्तहरु पनि टाढिन सक्छन् । चिताएको कार्य विग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठयारो पार्न सक्छ । कुनै शुभ कार्यगर्दा गणशको आराधनाबाट सफलता मिल्नेछ ।

बृष:- आज आफ्नो व्यवहारले अरुलाई आकर्षण गर्न सकिने समय रहेको छ । प्रयत्न गर्दा आर्थिक पक्षमा सुधार आउनेछ । कामकाजलाइ लिएर आफन्तहरुबाट टाढा रहनुपर्ला । आफ्नो स्वभावलाइ भने सुधार्नु पर्ने देखिन्छ । आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना रहेकोछ । स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ । आफ्नो गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउने देखिन्छ ।

मिथुन:- आज सेवामुलक कार्यले समाजमा नाम स्थापित गर्न सक्रिय भुमिका निभाउनेछ । नया अवसरको खोजिमा सफलता मिल्नेछ । कानुनि पक्ष सवल रहनेछ तर लागतको मूल्यांकन नगरि कार्य गर्नु भयो भने समस्या निम्तन सक्छ । नया अवसरको खोजिमादौडधुप गर्नुपर्ला पुरानो रोग बल्झिनाले समस्या आउनेछ ।। फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ । विष्णुवसको आराधना गरेर कामगर्दा दिन राम्रो रहेका छ ।

कर्कट:- आज इच्छाशक्ति बढ्नुका साथै नयाकार्य गर्ने समय रहेकोछ स्वस्थ्यमा भने ध्यान दिनुहोला । महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सबारी साधन चलाउदा भने ध्यान दिनु होला ।

सिंह:- आज सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ । अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । साहित्य कलाको क्षेत्रमा भने विशेष सफलता हात लाग्नेछ । रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला तर विद्यर्थीहरुलाइ भने आजको दिन समान्य रहेको छ ।

कन्या:- आज हतारमा आत्तिने बानीले काम विग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला । आफूले बोलेको बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने देखिन्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने सक्छ स्थायी सम्पतिमा पनि विवाद आउन सक्ने सम्भावना देखिन्छ अध्ययनको लगनशीलताले सोचे जस्तो परिणाम पनि नआउला । परिवारजनले दिइएका सुझावहरुलाई सोच विचार गरेर अघि बढनु उपयुक्त हुनेछ । उपब्धिका लागि केही समय प्रतिक्षा गर्नुहोला ।

तुला:- आज हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएको कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले आज सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।

बृश्चिक:- आज अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला आफ्नै बेहोसिले नोक्सान पु¥याउलां फजुल खर्च पनि बढ्न सक्छ कार्य दोहोर्याउने स्थिति आउने देखिन्छ । चुनौतीहरु पन्छाउदै रोकिएका कार्य बनाउन सकिनेछ । बौद्धिकताको उपयोगले लक्ष्य भने पहिल्याउन सकिनेछ समयको गतिलाई पछयाउने प्रयत्न गर्नुहोला । अपरिचित व्यक्तिको सम्पर्कवाट सतर्क रहनु होला । ठूलो समारोहमा सरिक हुने अवसर मिल्नुका साथै मान्यजनवाट आशीर्वाद मिल्न सक्ने देखिन्छ ।

धनु:- आज मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

मकर:- आज कुशल व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहो¥याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्नु हुने छ त्यसैले जीवनमा परिवर्तन ल्याउन सकिने छ । प्रतिद्वन्द्वीहरु पछि पर्ने छन् । बिद्यथीैलाइ भने आजको दिन राम्रो रहेको छ ।

कुम्भ:- आज पहिलेको सफलताले हौसला जगाउने छ साथै आफ्नो कमजोरीलाई सुधार गर्ने मौका पनि मिल्नेछ मनग्गे धन आर्जनको समय रहेको छ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला । आफ्नो व्यक्तित्वमा आफ्नै कार्यशैलीले निखारता ल्याउने छ भने नयाँ कामको प्रस्ताव आउने छ तर भौतिक साधनको कमीले भने अपठयारो पार्न सक्छ । धेरैले आफ्नो कामको प्रशंसा गर्ने छन् ।

मीन:- आज मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको समय रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

ज्याे घटराज निरौला