निजामती कर्मचारी अस्पतालमा ४ सय ६१ जना घाइतेको उपचार

User Image Prime TV News २ हप्ता अगाडि
Image of निजामती कर्मचारी अस्पतालमा  ४ सय ६१ जना घाइतेको उपचार

काठमाडौ । निजामती कर्मचारी अस्पतालले मंगलबार जारी गरेको सूचनामा जनजी आन्दोलनमा ४ सय ६१ जना घाइतेले उपचार गरेको जनाएको छ । घाइतेमध्ये ३६६ जनाले सामान्य उपचारपछि डिस्चार्ज लिएका छन्।

अस्पतालका अनुसार, तीमध्ये ४४ जनालाई थप उपचारकालागि अन्य अस्पतालमा रेफर गरिएको छ भने ५१ जना भर्ना भएका छन्। भर्ना भएका ५१ मध्ये ४२ जनालाई उपचारपछि घर फर्काइएको छ भने ९ जना अझै अस्पतालमै उपचाररत छन्।

उपचारका क्रममा भर्ना भएका ५० जनामा शल्यक्रिया गरिएको थियो भने ११ जनाको पुनः शल्यक्रिया आवश्यक परेको अस्पतालले जनाएको छ। यस्तै, उपचारको क्रममा ६ जनाको मृत्यु भएको पनि सूचनामा उल्लेख छ।