जेनजी आन्दोलनको छानबिन: आयोगले ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलनको छानबिन: आयोगले ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी

काठमाडौ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गत भदौ २३–२४ मा जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगले उनीहरूलाई २–३ दिनको म्याद राखेर आजभोलि नै पत्र पठाउने तयारी गरेको छ। शर्मा भन्छन्, “दुई, तीन दिनको म्याद दिएर एक दुई दिनभित्रै पत्र पठाउँदैछौं।”

यसअघि ओलीले सार्वजनिक रूपमा बयान दिन नजाने बताइसकेका छन्। यस सन्दर्भमा शर्मा भन्छन्, “पत्र पठाएपछि आउनु भएन भने त्यसपछि आयोगले के निर्णय गर्नुपर्छ गर्छ।” काठमाडौँ महानगरका मेयर बालेन शाहको बयान लिन वा नलिनको विषयमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन। शर्मा भन्छन्, “हामी हेर्दैछौं।”

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगर प्रमुख बालेन शाह लगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ। मनाव अधिकार आयोगले पनि ओलीसँग सोधपुछ गर्ने तयारी गरेको छ।