राष्ट्रपतिको कार्यालयमा तीन दलका शीर्ष नेतासँग छलफल गर्ने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।
राष्ट्रपतिको कार्यालयले बुधबार दिउँसो ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’*सँग छलफल हुने जानकारी दिएको छ।
तर, यो छलफलमा के विषयहरूमा कुरा हुनेछ भन्ने विषयमा राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन। यो छलफल प्रतिनिधिसभा विघटनपछि नेपालको राजनीतिक परिस्थितिलाई स्थिर पार्न र दलहरूबीच सहमति खोज्ने प्रयासको रूपमा हेरिएको छ ।













