मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छैन :- उपप्रधान तथा सहरी विकास मन्त्री सिंह

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छैन :- उपप्रधान तथा सहरी विकास मन्त्री सिंह

काठमाडाै । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । 

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौको शोभा भगवती रहेको शालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रीमण्डल हेरफेरका चर्चा चलेपनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको वताएका हुन् । 

उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पूरै अवधि यहि सरकार चल्ने दावी गरे । मुलुकमा स्थायीत्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको मन्त्री श्रेष्ठको भनाई थियाे ।

 सिंहले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमश कार्यान्वयन गर्दै लैजाने पनि वताए ।