जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको अन्त्येष्टि


काठमाडौ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज राजकिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गरिएको थियो । शब यात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जा मन्त्री कुलमान घिसिङ् पनि सहभागी भएका थिए । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ ।
जेनजी आन्दोलनमा निधन भएकाहरुलाई सरकारले राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसका साथै मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु भएको छ ।