नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलायो

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

बैठक भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा महाधिवेशनको कार्यतालिका संशोधनका लागि आवश्यक छलफल हुने जानकारी दिए । पार्टीको १५ औं महाधिवेशनका लागि पूर्वनिधारित कार्यतालिका अनुसार, क्रियाशील सदस्यता नवीकरण र वितरणको काम भने अझै पूरा भएको छैन।

यसले महाधिवेशनको मिति निर्धारणमा ढिलाइ भएको हो। यस कारण कांग्रेस नेतृत्वले महाधिवेशनको मिति समायोजन गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसका संस्थापन पक्ष भने आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा छन्।

तर, पार्टीका महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मा भने २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका छन्। यस विषयमा पार्टी भित्र आन्तरिक मतविरोध रहेको छ र बैठकमा यसको समाधान खोज्ने प्रयास हुनेछ। पार्टीको १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरिएको थियो ।

तर सदस्यता नवीकरणको प्रक्रिया अझै पूरा नभएकाले उक्त मिति परिवर्तन गर्नु पर्ने परिस्थितिको सामना भइरहेको छ।