छानबिनका लागि गठित आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्रचार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल सरकारले जेनजी आन्दोलनमा भएका बलप्रयोग र अन्य घटनाहरूको छानबिनका लागि गठन गरेको तीन सदस्यीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार रमेश लेखकलाई आज मंगलबार पत्र पठाइएको छ। उनले थपे कि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हालसम्म पत्र पठाइएको छैन।जाँचबुझ आयोगले २०१५ मा भएको जेनजी आन्दोलनका दौरान भएका बलप्रयोग र अन्य विवादास्पद घटनाहरूको छानबिन गर्ने कार्य थालिएको हो।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यका रूपमा कार्यरत छन्। यस आयोगको कार्यकाल प्रारम्भमा तीन महिना तोकिएको थियो । तर केही समय अगाडि एक महिना थप गरिएको छ। जाँचबुझ आयोगले यस अवधीमा घटनाहरूको विश्लेषण र जिम्मेवारहरूको पहिचान गर्नका लागि काम गर्दैछ।
जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग र मानवाधिकार उल्लंघनको विषयलाई गम्भीरतासाथ लिएर आयोगले यसको निष्पक्ष र पारदर्शी छानबिन गर्ने दाबी गरेको छ ।












