राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र वैकल्पिक शक्तिसँग सहकार्यको तयारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्यका लागि संवाद प्रक्रिया सुरु गरिएको बताएका छन्।
सोमबार राति उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सँग छलफल गरेकोका छन् । भेटवारे लामिछानले भने, "हामी नयाँ र वैकल्पिक भनिएका सबै शक्तिहरूसँग सहकार्यका लागि एकसाथ जुटिरहेका छौँ। अहिले हामी टुंगोमा पुग्ने प्रक्रियामा छौँ, र एक अर्कालाई बुझ्नको लागि छलफल जारी राखेका छौँ।"
बालेनलाई प्रधानमन्त्री बनाउने सहमती भएको भनि पत्रकारले राखेकाे प्रश्नमा लामिछानले भने, "हामी त्यसचरणमा पुगेका छैनौँ। अहिलेको अवस्था यस्तो हो कि एक अर्कालाई बुझ्न र सहकार्यको आधार बनाउनु पर्छ।" उनले भने कि यो प्रक्रिया सुरूवात हो र थप छलफलपछि मात्र राजनीतिक निर्णयमा पुगिनेछ।
लामिछानले यस संवाद प्रक्रिया अन्य महत्त्वपूर्ण नेतासँग पनि जारी राख्ने योजना बनाएका छन्। "हामी नेपाली" नामक गैरसरकारी संस्थाका प्रमुख सुदन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफलका लागि तयारी भइरहेको उनले जानकारी दिएका छन्।













