राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शीतल निवासमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शीतल निवासमा

काठमाडौ । जेनजी आन्दोलन पछि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा त्रिपक्षिय छलफल भएको छ ।

बैठका राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच छलफल भएको हो । यो बैठक प्रधानमन्त्री कार्कीको प्रधानमन्त्री पदमा नियुक्तिको पछि पहिलो पटक शीर्ष दलका नेताहरू बीच भएको हो।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरता र आगामी योजनामा सहकार्यका लागि यो बैठक आयोजना गरेका हुन्। बैठकमा प्रधानमन्त्री कार्कीले प्रमुख दलका नेताहरूसँग देशको समृद्धि र राजनीतिक स्थिरता सुनिश्चित गर्नका लागि सहकार्यको आधार तयार गर्ने विषयमा छलफल गरिरहेका छन्।

प्रमुख दलका नेताहरूबीच आगामी चुनाव र सरकारको नीति बारे पनि गहिरो छलफल हुने अपेक्षा बताइएको छ । राष्ट्रपति पौडेलको पहलमा विभिन्न दलहरू बीचको संवाद र सहकार्यको वातावरण सृजना गर्ने प्रयास भइरहेको छ।

यसले नेपालका प्रमुख दलहरूको बीचको आपसी विवाद र विचार फरकतालाई कम गर्दै साझा निर्णयमा पुग्न मद्दत पुर्याउने विश्वास लिएको थियो । जेनजी आन्दोलन पछि सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसंगै दलहरु निर्वाचनका बिषयमा धुब्रीकृत थिए । सरकारले निर्वाचनको वातावरण वनाउन माग गरि रहेका छन् ।