तपाईको आजको राशिफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तपाईको       आजको राशिफल

वन्दे महानन्दमनन्तलीलं महेश्वरं सर्वविभुं महान्तम् ।
गौरीप्रियं कार्तिकविघ्नराजसमुद्भवं शङ्करमादिदेवम् ।।

जो परमानन्दमय हुनुहुन्छ, जस्को लीला अनन्त छ, जो ईश्वरको पनि ईश्वर हुनुहुन्छ, सर्वव्यापक, महान्, गौरीको प्रियतम तथा कार्तिकेय र विघ्नराज गणेशलाई उत्पन्न गर्ने हुनुहुन्छ, त्यस्तो आदिदेव शङ्करको म वन्दना गर्दछु ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषशुक्लपक्ष चतुर्थी तिथि धनेष्टा नक्षत्र पौष महिनाको ९ गते आज बुधवार तदनुसार २४ डिसेम्वर २०२५ वब करण मित्र योग, मकर राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ५३ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर १३ मिनेट साझमा रहेको छ ।

आजको राशिफल ।

मेष:– आज महत्वपूर्ण निर्णयहरुमा मान्यजनको सल्लाह लिएर काम गर्नुहोला । आफ्नो दायित्व पूर्तिको लागि केही समयको प्रतिक्षा गर्नुहोस । कार्यक्षेत्रमा नया काम हात लाग्नेछ । अग्रजहरुको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । नोकरी वा पेशामा सहयोगिहरुको साथले प्रभाव बढ्नेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइएला । ब्यपार व्यबसायलाइ लिएर यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ । आफ्ना सूचना गोप्य राखेर अगाडी बढ्दा राम्रो रहनेछ ।  

बृषः– आज प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । धार्मिक र सांस्कृतिकयात्राकोसमय रहेकोेछ अरुकोलागि बुद्धि र श्रम खर्चनु पर्ला सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ । युवाहरुलाइ उच्च शिक्षामा नया अवसरहरु मिल्नेछन । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । सजक रहनुहोला साथै फजूल खर्चले मन भने खिन्न बनाउला ।

मिथुन:- आज जीवन साथिको साथ र सहयोग सुमधुर रहनेछ । कार्यक्षेत्रमा सहयोगिहरुबाट सद्भाब र प्रोत्साहन पाइनेछ । सकारात्मक सोचका साथ अगाडी बढ्नहोस प्रतियोगि परिक्षामा सफलता मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । विपरित परिस्थितिलाइ पनि आफ्नो अनुकुल बनाउन सक्नुहुनेछ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ समाज सेवामा भने समय खर्चनु पर्ला ।

कर्कटः– शैक्षिक क्षेत्रमा सफलता मिलल्नुका साथै बौद्दिक स्तरमा वृद्दि हुनेछ । सामाजीक स्तरमा सकारात्मकका साथै स्वास्थ्यले पनि साथ दिनेछ । धन आर्जनका नया स्रोतहरु पनि फेला पर्नेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धैर्य र पराक्रमले आटेको कार्यमा सफलता मिल्नेछ । सहयोगिहरुले रम्रो साथ दिनेछन । चुनौती पन्छाउदै नया कामको जग बसाउन सकिनेछ । वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।  

सिंहः– आज परिस्थितिले नया मार्गतर्फ अग्रसर गराउनेछ । मेहनेत वा परिश्रमले आम्दानी बढ्नुका साथै श्रमको उचित मुल्यांकन पाइनेछ । नयाकार्य प्रारम्भ गर्ने समय रहेकोछ आम्दानी बढ्नाले मनमा उत्साह जाग्नेछ । प्रियजनको साथले रमाइलो उत्साह बर्धक समय रहनेछ । टाढाको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ । मेहनेत वा परिश्रमले प्रतिपक्षिहरु पनि सहयागि बन्नेछन । अतिथिको रुपमा सत्कार प्राप्त होला । स्वस्थ्यप नि अनुकुल रहनेछ । बादबिवादमा भने नपर्नु होला  ।

कन्याः– आज अस्वास्थ शरीर लिएर काममा जुट्नुपर्नै अवस्था आउन सक्छ । व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला, वाद विवादमा नपर्नुहोस । परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । शत्रुहरुले  झुक्याउनेछन् । गोप्यकुरा बाहिरीनाले अप्ठ्यारो परिस्थिथिति निर्माण हुनसक्छ । रोकिएका कार्य दाहोराएर गर्नपर्ला । आज धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।

तुलाः– शुभारम्भमा धर्मकर्ममा रुचिबढ्नेछ । उच्च पदाशिन व्यक्तिहरुसंग सम्पर्क बढ्नेछ । शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ अप्ठ्यारो परिस्थतिलाइ आफ्नो अनुकुल बनाउन सकिनेछ । विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका कामहरु  सम्पादन हुनेछन् । दुबिधामा मान्यजनहरुको कुरालाइ सिरोधार्य गर्नुहोस लाभ रहनेछ । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थमा उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । बोलिको माध्यमले कार्य सिद्द गर्न सकिनेछ शिक्षाको क्षेत्र फराकिलो हुनाले बौद्दिक क्षेत्रमा विकास हुनेछ । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

धनुः– आज महत्वकांक्षी योजना पूरा हुनेछन । समाजमा मानसम्मान प्राप्त हुनेछ । प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर कामको चापले व्यस्त रहिने छ स्वास्थ्यमा ध्यान पु¥याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।

मकर:– समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि बुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । कार्यक्षेत्रमा काम गर्ने उत्साह वा आत्मविश्वसमा वृद्धि हुनेछ । नोकरी वा पेशामा नया जिम्मेवारी बहन गर्नुपर्ला । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा प्रशस्तै व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।

कुम्भः– आर्थिक मुद्धा मामलामा सावधानी अपनाउनुहोला । पहिला गरेको कामको राम्रो परिणम प्राप्त हुनेछ । नया कामले पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ । परविार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोस ।  आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । विद्यार्थीहरुलाइ पठनपाठनमा गुरुजनहरुको साथ र सहयोग मिल्नेछ । अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

मीन:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ । समयलाइ आफ्नो अनुकुल बनाउन नसकिएला । सकारात्मक सोच राखेर अगाडी बढ्नुहोला । ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । 

-ज्यो घटराज निरौला