उच्चस्तरीय राजनीतिक संवाद समितिले आज पनि रास्वपा लगाएत दलहरुको पार्टी कार्यालय अनुगमन गर्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँ कार्यालय निरिक्षण गर्ने भएको छ ।
निर्वाचनका लागि सहमति र सहभागिता सुनिश्चित गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज ती दलका कार्यालयमै पुगेर अनुगमन र छलफल गर्ने कार्यक्रम तय गरेको हो।
कार्यतालिकाअनुसार समितिले बिहान जनमत पार्टी, दिउँसो राप्रपा र अपरान्ह रास्वपाको कार्यालयमा नेताहरूसँग संवाद गर्नेछ । उक्त समितिको संयोजकत्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्यका रूपमा रहेका छन्।
सरकारले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सबै राजनीतिक दललाई चुनावी प्रक्रियामा सहभागी गराउन प्रयास गरिरहेको छ।
यसअघि उक्त समितिले प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसँग पनि अनुगमन तथा संवाद गरिसकेको छ।













