कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आयोजना हुनेछ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्। बैठकमा पार्टीको आन्तरिक संगठनात्मक अवस्था, १५औँ महाधिवेशनको तयारी तथा आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने कार्यसूची रहेको छ।

कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। तर पूर्वनिर्धारित समयभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया पूरा नहुँदा महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने दबाब बढ्दै गएको छ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुन नसक्नु पार्टीभित्रको व्यवस्थापन कमजोरीका रूपमा देखिएको छ। यही कारण कांग्रेस नेतृत्वमाथि महाधिवेशन समयमै सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठ्न थालेको छ ।