प्रचण्ड र माधव नेपालद्वारा रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार डल्लुस्थित निवासमा पुगेका नेताद्वयले जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्यलाभको कामना गर्दै उपचार प्रगतिबारे जानकारी लिएका हुन्। चित्रकार हाल उपचारकै क्रममा रहे पनि उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
भारतमा उपचार सकेर स्वदेश फर्किएकी चित्रकारलाई भेट्ने क्रममा नेताहरूले उपचारमा संलग्न चिकित्सक र परिवारजनको प्रयासको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। नेता झलनाथ खनालले चित्रकारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ।












