सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपालमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ।
बुधबार पनि यो क्रम कायम रहँदा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि हिजो सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो मूल्यका कारण सुनको कारोबारमा प्रभाव पर्न थालेको व्यवसायीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्नु, डलरको विनिमय दरमा आएको परिवर्तन र भूराजनीतिक अनिश्चितताले नेपाली बजारमा सुनको मूल्य बढ्न सहयोग पुगेको उनीहरूको भनाइ छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ४२० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।













