निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरे, प्रधानमन्त्री कार्कीको राजीनामा माग
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अभियन्ता निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै माइतीघरमा आमरण अनसन सुरु गरेका छन्।
भुसालले गएराति १० बजेबाट अनसन सुरु गरेको जानकारी प्राप्त भएको छ। जेनजी अभियन्ता अजय सोडारीका अनुसार, भुसालले जेनजी आन्दोलनको भावना अनुसार वर्तमान सरकारले काम नगरेको विरोध स्वरुप अनसन थालेका हुन्।
यता, मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले पनि माइतीघरमा सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ। उक्त आन्दोलनमा भुसालको पनि उपस्थिति रहेको देखिएको छ।













