जेनजी आन्दोलन स्वाभाविक र जायजः पूर्वप्रधानमन्त्री डा. भट्टराई

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलन स्वाभाविक र जायजः पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैको जेनजी आन्दोलनलाई स्वाभाविक र जायज भएको टिप्पणी गरेका छन्।

भारत भ्रमणका क्रममा उनले जेनजी आन्दोलन हुनुका मुख्य तीन कारण सार्वजनिक गरेका हुन्। डा. भट्टराईका अनुसार जेनजी आन्दोलन हुनुको पहिलो कारण युवाहरूको बेरोजगारी र गुणस्तरीय शिक्षाको अभाव भएको बताएका छन् ।

यसले युवा वर्गलाई असन्तुष्ट बनाएको छ। दोस्रो कारण सरकारी तहमा व्याप्त भ्रष्टाचार रहेको बताए। साथै, तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले पनि युवाहरूको असन्तोषलाई बढाएको उनले स्पष्ट पारे। पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौताप्रति पनि प्रशंसा व्यक्त गरेका छन्।

सम्झौताअनुसार, नेपालमा उम्मेदवार बन्ने न्यूनतम उमेर २५ वर्षबाट घटाएर २१ वर्ष राख्ने निर्णय भएको छ। यसले युवा वर्गलाई राजनीतिक प्रक्रियामा सहज रूपमा सहभागी हुन अवसर प्रदान गर्नेछ। डा. भट्टराईले पुराना दलहरूबाट अब राजनीतिक सुधार सम्भव नभएको भन्दै नयाँ दलहरू गठन हुँदै गएको उल्लेख गरे।

उनले वैकल्पिक राजनीतिक शक्तिबीच गठबन्धनको सम्भावना रहेको र युवा शक्ति अघि बढ्नु आवश्यक रहेकोमा जोड दिएका छन्।