डा. राउतको सुझाव: फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते सम्पन्न हुनुपर्ने बताएका छन्। पार्टी कार्यालयमा सरकारको राजनीतिक संवाद समितिसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कदमलाई सकारात्मक रूपमा लिएको र पार्टी निर्वाचनमा सक्रिय सहभागी हुने तयारीमा रहेको बताए।
डा. राउतले भने, “जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्छ र नयाँ जनादेश आउनुपर्छ।” उनले निर्वाचनको लागि सुरक्षा व्यवस्थामा सरकारसँग चासो राखेको बताए। साथै, भागेका कैदी र फेला नपरेका हतियार मात्र नभई समाजमा रहेको त्रास सामना गर्न सक्ने अवस्था सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले निर्वाचनमा सहभागी भएर नयाँ जनादेश आउँदा समाजमा स्थिरता र न्यायको सुनिश्चितता हुने विश्वास व्यक्त गरे।













