मन्त्री घिसिङले सार्वजनिक गरे १ सय दिनमा भएका १ सय काम ( सूचीसहित )

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मन्त्री घिसिङले सार्वजनिक गरे १ सय दिनमा भएका १ सय काम ( सूचीसहित )

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पहिलो १ सय दिनको कामको सूची सार्वजनिक गरेका छन्।

उनले ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै तीन मन्त्रालयमा भएका मुख्य कामहरू समेटेका छन्। मन्त्री घिसिङले सार्वजनिक बयानमा भने, “सय दिन छोटो भए पनि जिम्मेवारी गह्रौं छ।

आलोचनाबाट नडरी, दबाबमा नझुकी र गलत सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गर्दै आएको छु।” उनले कामलाई भाषणभन्दा नतिजामुखी राखेको र विकास आयोजना बुझ्न निर्माणस्थलमै गएर प्रत्यक्ष संवाद गर्ने शैली अपनाएको बताए।

उनले आफूले मन्त्रालयको जिम्मेवारी लिएसंगै यस ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल सुरु, मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन, बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तयार गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको, अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय ढाँचा तयार र भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यातको बिषयलाई उपलब्धीको रुपमा लिएका छन् । 

यस्तै भौतिक पूर्वाधार र यातायात अन्तर्गत कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता, ४० ठेक्का तोडिएका र अरू तोड्ने प्रक्रिया, बीपी राजमार्गको पुनर्निर्माणको काम सूचीमा, अधुरा सडक र पुलका कारण समस्या भोगिरहेका यात्रुहरूको आवाज सुनेर आयोजना अघि बढाइएकोलाई उपलब्धी सुचीमा राखेका छन् ।

 १ सय दिनमा भएका १ सय काम ( सूचीसहित )