उज्यालो नेपाल र सर्वोदय पार्टीले चुनावी एकता घोषणा
Prime TV News ३ हप्ता अगाडि _l5Mbk87Ame.jpg)
काठमाडौ । प्रतिनिधिसभा निर्वाचन फागुन २१ लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन्। बुधबार भएको सम्झौता अनुसार, दुवै पार्टीबीच तीन बुँदे सम्झौता भएको छ।
सम्झौताका मुख्य बुँदाहरूमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र तयार गर्ने, र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने विषय समावेश छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक कुमार साहले चुनावी उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीको आधारमा हुने बताएका छन्। दुवै पार्टीले देशको वर्तमान राजनीतिक जटिलताबाट निकास खोज्दै प्रतिनिधिसभा निर्वाचनमा साझा रूपमा सहभागिता जनाउने उद्देश्य राखेका छन्।
-(1)_2K2irJ3lvc.jpg)













