चुनावपछिको नेतृत्व नयाँ दलले लिनुपर्छः कुलमान घिसिङ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चुनावपछिको नेतृत्व नयाँ दलले लिनुपर्छः कुलमान घिसिङ

काठमाडौ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आगामी चुनावपछिको सरकारको नेतृत्व नयाँ दल वा नयाँ शक्तिले लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले चुनाव सरकारको मुख्य कार्यभार भएको भन्दै सबै नयाँ शक्तिहरूले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, “आगामी चुनावपछिको नेतृत्व सही ढंगले आउनका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ। जसले पनि पछि हट्नु हुँदैन। सबै एकजुट भएर अघि बढ्नुपर्छ।” उनले वर्तमान परिवर्तनलाई संस्थागत बनाउन योग्य व्यक्तिलाई अघि सारेर सबैले योगदान पुर्‍याउनुपर्ने पनि बताए।

मन्त्री घिसिङको भनाइले आगामी चुनाव र नयाँ शक्ति एकतामा जोड दिने संकेत गरेको छ।