काठमाडौंमा चिपयुक्त तास र ‘आइ लेन्स’ प्रयोग गरी क्यासिनो खेलाउने ७ जना पक्राउ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
उनीहरूले तासमा चिप जडान गरी र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेलाउने/खेलाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, भारतबाट आएको गिरोहले क्यासिनो इभेन्टको नाउँमा ठगी गर्ने तरिका अपनाउँदै आएका थिए। प्रहरीले उनीहरूको अवैध गतिविधि रोक्न र अपराध प्रमाणित गर्न तत्काल कारबाही गरेको छ।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ।













