कारोबार घट्दा पनि नेप्से सामान्य सुधारतर्फ, सूचक २५८५ विन्दु नाघ्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कारोबार घट्दा पनि नेप्से सामान्य सुधारतर्फ, सूचक २५८५ विन्दु नाघ्यो

काठमाडौ । शेयर बजारमा आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार परिसूचक १.३७ अंकले बढ्दै २५८५.८७ विन्दुमा पुगेको छ। यो वृद्धिदर ०.०५ प्रतिशत हो।

सूचक बढे पनि सबै समूहमा उत्साह देखिएन। विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त तथा अन्य समूहका सूचक घटेका छन् भने बाँकी समूहहरूमा वृद्धि देखिएको छ। आज ३३४ कम्पनीका ७२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्ला दिनको तुलनामा कम हो।

कम्पनीगत रूपमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५.३२ प्रतिशतले बढेको छ। विपरीत रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.२३ प्रतिशतसम्म घाटा बेहोरेका छन्।

कारोबार रकमका आधारमा एसवाई प्यानल अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको मात्र १४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। यस साताको सुरुवातदेखि नै बजार उतारचढावमा देखिएको छ।

आइतबार नेप्से झण्डै २० अंकले घट्दा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने सोमबार र मंगलबार क्रमशः बजार घटबढसँगै ३ अर्बभन्दा बढीको कारोबार भएको थियो।