गगन थापाले तीन तहको अधिवेशन गर्ने प्रस्ताव पेश
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन चरणमा महाधिवेशन सक्ने प्रस्ताव राखेका छन् । केन्द्रीय कार्य समितिको आजको बैठकमा महामन्त्री थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्।
थापाले क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ भइसकेको भन्दै तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी तीन तहको अधिवेशन गर्न सुझाव दिएका हुन्। उनको प्रस्तावमा छलफल भए पनि कुनै निर्णय भएको छैन।
यस्तै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको टिप्पणी गरेका छन्। उनले सभापति वैठकमा नआए पनि सबै शक्ति अभ्यास गरिरहेको बताए । महाधिवेशन नगरिकन कांग्रेस आमनिर्वाचनमा नजाने र जानु नहुने भन्दै यसका लागि सभापति देउवालाई थापाले विशेष आग्रह गरे ।
बैठक भोली पुनः बैठक बस्नेछ ।













