नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट १९ जनाको नाम हटाउने निर्णय

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट १९ जनाको नाम हटाउने निर्णय

काठमाडौ । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनका लागि विभिन्न प्रदेशसभाको समानुपातिक बन्दसूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ।

पार्टीको कार्यसम्पादन समितिको बुधबार सानेपामा बसेको बैठकले यो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। उनका अनुसार, बैठकले ती व्यक्तिहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ, समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न अनुमति दिने निर्णय पनि गरेको छ।

साथै, पार्टीले यो निर्णय निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाको बन्दसूचीबाट नाम हटाउन पत्र लेख्ने निर्णय गरेको छ । बैठकमा छलफल अझै जारी रहेकाले कार्यसम्पादन समिति बिहीबार दिउँसो १ बजे पुनः बस्ने तय भएको छ।