कर्नाटकमा बस दुर्घटना: ११ जनाको मृत्यु, २४ घाइते

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कर्नाटकमा बस दुर्घटना: ११ जनाको मृत्यु, २४ घाइते

काठमाडौ । भारतको कर्नाटक राज्यअन्तर्गत चित्रदुर्ग जिल्लामा बिहीबार बिहान भएको भीषण बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटना राष्ट्रिय राजमार्ग–४८ मा भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लिपर कोच बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। ठक्करपछि बसमा आगलागी भएको थियो, जसले गर्दा क्षति झनै भयावह बनेको बताइएको छ।

चित्रदुर्गका जिल्ला मजिस्ट्रेटले बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार दुर्घटना बिहीबार बिहान करिब २ बजे भएको हो। बसमा ३२ जना यात्रु सवार थिए।

घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको र हालसम्म ११ जनाको शव पहिचान भइसकेको उनले बताए। घाइते सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनास्थलका तस्बिरहरूले अवस्थाको गम्भीरता प्रस्ट देखाउँछन्। जलेको बस र क्षतिग्रस्त सवारी साधनले यो दुर्घटना कति भयावह थियो भन्ने संकेत गर्छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गति र लापरवाही दुर्घटनाको मुख्य कारण हुनसक्ने बताइएको छ, यद्यपि विस्तृत अनुसन्धान जारी छ ।